नेप्सेमा सामान्य सुधार हुँदा कारोबार रकममा उत्साह



काठमाडौँ । साताको पहिलो दिन आइतबार सामान्य अङ्कले उकालो लागेको सेयर बजार परिसूचक नेप्से कारोबारको दोस्रो दिन आज सोमबार पनि सामान्य अङ्कले उकालो लागेको छ । नेप्से आज ८‍.१० अङ्कले उकालो लागेको हो । नेप्से आज उकालो लागेसँगै १८९१.३१ को विन्दुमा पुगेको छ ।

आज बैङ्किङ उपसूचक ०.०२ प्रतिशतको  ओरालो लागेको छ । व्यापार उपसूचक ०.९९ प्रतिशतले ओरालो लागेको छ । आज अन्य सूचकहरू भने सामान्य  अङ्कले उकालो लागेका छन् । उत्पादनमूलक उपसूचक सर्वाधिक २.४४ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक १.५२ प्रतिशतले उकालो लागेको छ ।

नेप्सेमा वृद्धि हुँदा लगातार तेस्रो कारोबार दिन पनि कारोबार रकम अर्ब नाघेको छ । गत बिहीबार करिब डेढ अर्बको कारोबार भएकोमा आइतबार डेढ अर्ब माथिको कारोबार भएको थियो ।

सोमबार नेप्सेमा २५ हजार ७४६ वटा कारोबारमा ३४ लाख ९५ हजार ७५२ कित्ता सूचीकृत धितो पत्र किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २२१ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३३ कम्पनीको सेयर मूल्यमा उकालो लागेको छ । त्यस्तै ७८ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १० कम्पनीको सेयरमूलक भने स्थिर रहे ।

जसमध्ये आत्मनिर्भर लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किटमा उकालो लागेको छ । युनिलिभर नेपालको सेयर मूल्य ७.०१ प्रतिशत र गुडविल फाइनान्सको सेयर मूल्य ६.२३ प्रतिशतले उकालो लागिरहँदा यता, ग्रिनलाइफ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.३७ प्रतिशतले गिरावट हुँदा नयाँ सारथि लघुवित्तको सेयर मूल्य ३.६७ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य २.७० प्रतिशतले  ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्