स्विटजरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ



काठमाडौँ । स्विटजरल्याण्ड पठाइदिन्छु भनी रकम ७ लाख रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले ठगी गरेको आरोपमा काभ्रेपलान्चोकको बनेपा नगरपालिका-४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिघा बस्दै आएकी ४६ वर्षीया पार्वती थापालाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीलाई उनलाई गोंगबुबाट पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

उनी माथि  तुलाराम तारम मगरलाई स्वीटजरल्याण्ड पठाइदिन्छु भन्दै  पटक-पटक गरी ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्