परीक्षणका क्रममा यात्री मोटरसाइकलको चेसिस भाँचिएको कम्पनीको स्वीकार 



काठमाडौँ । नेपालमै बनेको यात्री मोटरसाइकलको पी वान मोडलको एउटा बाइक परीक्षणका क्रममा भाँचिएको छ। यात्रीको मोटरसाइकल परीक्षणका क्रममा भाँचिएको कम्पनीले जनाएको छ ।

यात्रीले आज सामाजिक सञ्जालमा यात्रीको उक्त मोटरसाइकल भाइरल भएपछि लेखेको छ,  ‘कुनै सन्दर्भबिना सामाजिक सञ्जालमा चेसिसमा समस्या आएको फोटो अपलोड गरिएको छ,’ यात्रीले सूचना निकालेर भनेको छ, ‘हामीले नयाँ डिजाइनको मोटरसाइकल बनाउँदा नियमित रूपमा परीक्षण गरिरहेका छौँ।’यात्रीले इन्जिनियरबाट बाइकको परीक्षण गर्दा चेसिस जडानमा समस्या देखिएको स्वीकार गरेको छ।

आन्तरिक परीक्षण कार्यक्रमका रूपमा इन्जिनियरले प्रमाणीकरण गर्ने उद्देश्यका लागि नयाँ डिजाइनको चेसिस परीक्षण गरिरहेका थिए। जुन सुखद नरहेको यात्रीले सूचना मार्फत जनाएको छ ।

यात्रीको पीजिरो र पीवान मोडलका मोटरसाइकल उत्पादन गरिरहेको छ। ती मोटरसाइकललाई बजारमा पठाउने योजना यात्रीको छ। नेपालमै बनेको यात्रीले हालै नम्बर प्लेट दर्ताको प्रमाण पाएको थियो।

प्रतिक्रिया दिनुहोस्