नक्कली शरणार्थी प्रकरणमा जे देखियो



 डम्मर धामी, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न समयमा गरी हाल सम्म १६ जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेकाहरू माथि अनुसन्धान सकेर काठमाडौँ  जिल्ला अदालतको सरकारी वकिल कार्यालयलाई मुद्दा चलाउन सिफारिस गरेको छ । प्रहरीले ३३ जनाविरुद्ध विभिन्न मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सोमवार सिफारिस गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपितहरूबाट २७ करोड ५० लाख ५७ हजार बिगो असुल गर्न सिफारिस गरेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका व्यक्तिहरूमा दुई जना पूर्व मन्त्री र एक जना बहालवाला सचिवसहित अधिकारीहरू  अन्य नक्कली शरणार्थी प्रकरणमा जोडिएका रहेका छन् ।

उनीहरू विरुद्ध सोमवारसम्म ११३ जनाले २२ वटा उजुरी दिएका थिए । आरोपितहरू विरुद्ध ठगी र सङ्गठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी र सङ्गठित अपराधबाहेक पनि किर्ते, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र राज्य विरुद्धको अपराधमा पनि मुद्दा चलाउन सकिनेबारे प्रहरीले अनुसन्धान गरेको थियो ।

 कसलाई के मुद्दा लाग्छ ?

प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधवार सम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।  जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले,  प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा सरकारी वकिलको कार्यालय अघि बढ्ने  बताएका छन् ।

उनले भने, नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरीले अनुसन्धान सकेर मुद्दा हामीसँग आएको छ । प्रहरी अनुसन्धानमा के देखियो,आधार प्रमाणहरू के हुन् । को–को विरुद्ध मुद्दा चल्ने वा नचल्ने अवस्था हो । कस्तो अपराध हो । कति कसुर वा बिगोको माग दाबी कति हो भन्ने पछिका कुरा हुन् । हामी सुरुवातमा मुद्दाको अनुसन्धानको विश्लेषण गर्छौँ । आधार प्रमाणहरू हेर्छौँ ।’

उनले क–कसलाई के—के मुद्दा लगाउने भन्ने विषयमा सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने बताएका छन् । उनीहरू विरुद्ध अदालतमा मुद्दा दायर गर्ने समय १० जेठ सम्म रहेको छ ।  उनले भने , ‘अदालतमा मुद्दा लाने समय १० गतेसम्म रहेकाले त्यही समयमा प्रतिवेदन हेरेर लैजान्छौँ । पक्राउ परेकाहरूलाई ठगी र सङ्गठित अपराध र राज्य विरुद्धको अपराधको मुद्दा लाग्ने सम्भावना रहेको छ  ।’

जिल्ला प्रहरी परिसर काठमाडौँले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ।

उक्त अनुसन्धान प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार अन्य १६ जनाविरुद्ध ठगी, सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध, राष्ट्रिय हित विपरीतको कसुरमा मुद्दा चलाउने निर्णय लिएको हो।

त्यसैगरी,रायमाझी, खाँण, टेकनारायण पाण्डे र इन्द्रजित राईसहित सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई भ्रष्टाचार मुद्दा पनि चलाउने गरी प्रहरीले फाइल सरकारी वकिलकहाँ पेस गरेको हो । प्रहरीले हाल हिरासतमा रहेका १६ जना र फरार सूचीका १६ जनालाई प्रतिवादी बनाएको छ।

प्रहरीले आवश्यक अनुसन्धान गर्न पाएनन्

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धानका लागि काठमाडौँ प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई भ्रष्टाचारको विषयमा थप अनुसन्धान गर्ने पत्र पठाएको छ । सार्वजनिक पद धारण गरेका बालकृष्ण खाँण, टोप बहादुर रायमाझी, इन्द्रजित राई, टेक नारायण पाण्डे लगायतका व्यक्तिहरूको भ्रष्टाचारको विषयमा थप अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरले अख्तियारलाई पत्र पठाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दान बहादुर कार्कीका ले सार्वजनिक पद धारण नगरेका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा लगायतका बिचौलियाहरूको हकमा अकुत सम्पत्तिमा छानबिनका लागि परिसरले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत पत्र पठाएको जनाएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले आफ्नो सीमित समय र अनुसन्धानको दायरा फराकिलो बनाउन नसकेको र कतिपय विषय आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेको भन्दै उनीहरूको सम्पत्तिको छानबिन तथा भ्रष्टाचारका सम्बन्धमा थप अनुसन्धानका लागि पत्र पठाएको हो ।

राजनीतिक दवाव

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजनामा मुछिएका दलका नेताहरूलाई जोगाउन के सरकार के प्रतिपक्ष सबै लागेको आरोप पनि अहिले राजनीतिक पार्टीहरूलाई लाग्दै आएको छ  ।

आफ्ना पार्टीका  शीर्ष नेताहरू पक्राउ परेपछि शीर्ष राजनीतिक दलका नेताहरूको उठबसले यसलाई झन् बढवा दिएको कतिपय जानकारहरू बत्ताउँछन् । सरकारले भने यता प्रकरणमा मुछिएका कसैलाई पनि नछाडिने बताएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीलाई अनुसन्धानको क्रममा कसैको दवावमा नपर्न निर्देशन पनि दिएका थिए ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाकी पत्नी र पूर्व गृहमन्त्री बालकृष्ण खाँण की श्रीमतीको फोन कल रेकर्ड भएको पनि बाहिरिएको थियो । तर, त्यो  अडियो परीक्षणको लागि पठाइएको थियो । त्यो साँचो थियो वा कसैले सुनियोजित ढङ्गले बनाएको थियो त्यसको रिपोर्ट पनि आएको छैन । यसै बिचमा खाँण श्रीमती पन्जु खाँण भागेको हल्ला पनि चलेको थियो तर उनी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको दिन संसद्मा देखिएकी थिइन् ।

नेपाली काँग्रेसका सभापतिले भने शरणार्थीको विषमा मुख खोल्न चाहेनन् । उनले मुख नखोल्नुको पछाडि उनले पछाडिबाट आफ्ना पार्टीका नेताहरूलाई जोगाउन लागेको आरोप पनि लागेको छ । राजनीतिक दलहरूले यही समयमा एक अर्काको पालमा भएका विभिन्न आर्थिक अनियमितता र भ्रष्टाचारको फाइल खोल्न भने, विभिन्न विषयमा अनुसन्धानको माग गरिनुलाई पनि अहिलेको प्रकरणलाई राजनीति नेतृत्वबाट दबाउन खोजेको आरोप लगाउनेहरूको पनि कमी छैन । अहिलेको शरणार्थी प्रकरणलाई सरकारले चाहेर नभए बाहिरी दवावका कारण विस्फोट भएको विभिन्न विज्ञहरूको भनाइ रहेको छ ।

प्रकरणमा कहिले के भयो ? 

 १२ चैतमा नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ गरेको थियो । १९ वैशाखमा पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ गर्‍यो ।

२० वैशाखमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरी प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी गर्‍यो । २० वैशाख मा रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ गर्‍यो । २० वैशाखमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ गरे ।

२७ वैशाखमा पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बनमा परे । २७ वैशाखमा पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परे ।

३१ वैशाखमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप गरियो ।  ३१ वैशाखमा सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परे ।

१ जेठमा आफ्नो पनि नाम मुछिएको भन्दै पूर्व सांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित भए । २ जेठमा भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो२ जेठमा भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो । यो प्रकरणमा ८ जेठमा प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो ।

प्रतिक्रिया दिनुहोस्