काभा वुमेन्स च्यालेञ्ज कप : नेपाल भारतसँग ३–१ को सेटमा पराजित 



काठमाडौँ । काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली टोली भारतसँग पराजित भएको छ । नेपाली टिमले भारतसँग ३–१ को सेटमा हार ब्यहोरेको हो।

दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ए को विजेताको टुंगो लगाएको छ ।नेपालले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा काजाकस्तानसँग खेल्नुपर्ने भएको छ । नेपाल र काजाकस्तानबीचको खेल पर्सी शुक्रवार हुने छ ।

सुरुवाती दुई सेट क्रमशः २५–१२ र २६–२४ ले गुमाएको नेपालले तेस्रो सेट २५–२१ ले जितेर खेलमा फर्किने प्रयास गरेको थियो । बुधवारै भएको समूह बी अन्तर्गत अन्तिम खेलमा उज्बेकिस्तानलाई ३–१ को सेटमा हराएर काजकिस्तान समूह विजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्