चलचित्र ‘टुल्की’ आगामी १२ जेठ देखि प्रदर्शनीमा आउँदै



काठमाडौँ । चलचित्र ‘टुल्की’ आगामी १२ जेठ देखि  देशभरका हलहरूमा एकैसाथ प्रदर्शनीमा आउँदै छ । एक साताअघि मात्रै ‘टुल्की’को टेलर सार्वजनिक गरिएको थियो । चलचित्र टुल्की तिब्बत, भारत, भुटान, लगायत नेपालको हिमाली क्षेत्रमा परापूर्वकाल देखी प्रचलनमा रहेको बहुपति प्रथाको विषयमा आधारित रहेको छ ।

‘टुल्की’को छायाङ्कन डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका पर्यटकिय गाउँबस्तीमा भएको हो । डोल्पा, हुम्ला, मुगु, मुस्ताङ गोर्खा लगायतका हिमाली जिल्लामा कायमै रहेको बहुपति प्रथालाई टुल्की चलचित्रमा देखाइएको छ ।

शेखर लाामाको प्रस्तुति यस आरपी कर्माचार्य र उजेली लामो निर्माता रहेका छन् ।  भने, बाबुलाल लामा कार्यकारी निर्माता हुनुहुन्छ । देव थापा निर्देशक रहनु भएको टुल्की चलचित्रको सुशील अधिकारी र नमराज घिमिरेले छायाङ्कन गर्नुभएको हो । जसको सम्पादकमा तारा किम्भे थापा, सङ्गीतकार तथा गीतकारमा ज्ञानेन्द्र गिरी र रोहित देउवा हुनुहुन्छ ।  चलचित्रमा रेखा जोशी, हरिना नाथ रोहित देउवाको स्वरमा २ गीत रहेका छन् । टुल्कीमा पास्र्व संगीत सन्जिब सुब्बाले दिनुभएको छ ।

चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने,  सौजन सुब्बा, सोफिया लिम्बु, नरेन्द्र तामाङ, शेखर लामा, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्