विराट कोहलीले लेखे भावुक पोस्ट



काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)आईपीएलबाट बाहिरिएसँगै विराट कोहलीले भावुक पोस्ट लेखेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘यस सिजनमा यस्ता धेरै पल थिए, जसलाई भुल्न सकिँदैन तर हामीले लक्ष्य गुमायौँ । हामी पक्कै निराश छौँ तर हामीले आफ्नो शीर माथि राख्नुपर्छ। म टोलीका वफादार समर्थकहरूप्रति आभारी छु। म मेरो टोलीका प्रशिक्षक, व्यवस्थापन र टोलीका सदस्यहरूलाई धन्यवाद दिन्छु। हाम्रो लक्ष्य अर्को पटक अझ बलियो भएर मैदानमा उत्रिने हो।’

बेङ्लोरले लिगको अन्तिम खेलमा गुजरातसँग हार बेहोरेको थियो । आरसीबीले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । आईपीएलको दोस्रो सिजनमा आरसीबी फाइनलमा पुगेको थियो तर हारेको थियो । यसबाहेक आरसीबी २०११ र २०१६ मा पनि फाइनलमा पुगेको थियो ।

२००९ मा आरसीबी डेक्कन चार्जर्ससँग पराजित भयो, २०११ मा विराटको टोली चेन्नई सुपर किंग्ससँग पराजित भयो। २०१६ मा टोली फाइनलमा सनराइजर्स हैदरावादसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्