युनिक नेपाल लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने



काठमाडौँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज ११ जेठ  देखि थप सार्वजनिक निष्कासन अर्थात् एफपीओ निष्कासन गर्दै छ। कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अङ्कित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो।

साबिकको युनिक नेपाल लघुवित्त वित्तीय संस्थगा र घोडाघोडी लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक शेयर ९४.०१ प्रतिशत र सर्वसाधारण शेयर ५.९९ प्रतिशत भएकोले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैङ्कले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो शेयर निष्कासन गरिन लागेको हो ।

१६ जेठ सम्मको अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि २५ जेठ गतेसम्म निष्कासन गरिने छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हाल लघुवित्तको चुक्ता पुँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ। एफपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। जसमा संस्थापक समूहको शेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ।

प्रतिक्रिया दिनुहोस्