सुनकाे मुल्य तोलामा एक हजार रुपैयाँले घट्यो



काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउमा गिरावट आएको छ । ११ जेठमा सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको छ । आज सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ८०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइहरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बुधवार भने सुनको भाउ वृद्धि भएको थियो । हिजो सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ निरन्तर चार दिनदेखि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले सस्तिँदा प्रतितोला एक हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्