लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि



काठमाडौं । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।

बजेट अधिवेशनको बैठक दाङको देउखुरीस्थित प्रदेशसभा भवनमै बस्नेछ। चालु प्रदेशसभाको यो दोस्रो अधिवेशन हो। यो अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पेस तथा पारितलगायत कार्य गरिनेछ।

प्रतिक्रिया दिनुहोस्