उज्वेकिस्तानलाई हराउँदै भारत फाइनलमा



काठमाडौँ । भारतीय टोली जारी एनएससी—काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको सेमिफाइनल खेलमा उज्वेकिस्तानलाई २५—१७, २५—२०, २५—१५ अंकले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

अब भारतले फाइनलमा दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ । दोस्रो सेमिफाइनल खेल शुक्रबार साँझ नेपाल र कजाकिस्तानबीच हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्