सर्लाहीको ईश्वरपुर ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु



रितिक अधिकारी, सर्लाही  । राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य सहित सर्लाहीको ईश्वरपुर नगरपालिकाले ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम शनिवारबाट सुरु गरिएको छ । नगरभित्रका करिब सात हजार बालबालिकालाई फुटबल प्रशिक्षण दिइने  लागेको नगरप्रमुख मनोजकुमार आचार्यले बताए ।

नगरप्रमुख आचार्यका अनुसार नगरपालिकाले केही समय अघि देखिनै प्रशिक्षण दिँदै आएकोमा शनिवार नारायण माध्यमिक विद्यालय बयलवासमा औपचारिक कार्यक्रमका बिच ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको हो । लागू औषध सेवन गर्न सीमापारि भारतको सो नवर्षासम्म पुग्ने युवालाई यो फुटबल प्रशिक्षणले  रोक्न मद्दत गर्ने अपेक्षा गरिएको नगरप्रमुख आचार्यको भनाई छ । भविष्यका कर्णधारहरूका लागि प्रदेश सरकार र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्ने आचार्यले बताउनुभयो ।

शारीरिक स्वस्थ्यता,तन्दुरुस्ती र पहिचानका लागि नगर भित्र खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ फुटबल प्रशिक्षणको आयोजना गरिएको नगर उप प्रमुख रन्जिता देवी चौधरीले बत्ताइन् । उनका अनुसार नगर भित्रका सामुदायिक विद्यालयमा ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम चली रहेको र नगरपालिकाले साथमा साथ हातमा हात मिलाउँदै ईश्वरपुरका फुटबल खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउने लक्ष्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

 

कार्यक्रममा ईश्वरपुर नगरपालिका  ८ का वडा अध्यक्ष एवम् ईश्वरपुर नगरपालिकाका ज्येष्ठ वडा अध्यक्ष   श्याम बाबु थापाको अध्यक्षता एवम् नगर प्रमुख आचार्यको  प्रमुख अतिथियतामा भएको फुटबल प्रशिक्षण उद्घाटन कार्यक्रममा ईश्वरपुर नगरपालिकाका विभिन्न वडाका अध्यक्ष जनप्रतिनिधिहरू, छिमेकी नगरपालिका लालबन्दी,हरिपुर र कविलासी नगरपालिकाका जनप्रतिनिधिहरूका साथै खेलकुदसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्