श्रीच्छा प्रधान बनिनन्, ‘मिस नेपाल वर्ल्ड २०२३’



काठमाडौँ । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै प्रथम भएकी हुन् ।

उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी छन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् । गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजित अन्तिमप्रतिस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्