सेयर बजार घटिरहँदा कारोबार रकममा भने सुधार 



काठमाडौँ। पछिल्ला केही दिनमा लगातार उकालो लागेको सेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन आज आइतबार भने भारी अङ्कका साथ ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १७.३८ अङ्क ओरालो लागेको हो । नेप्से आज ओरालो लागेसँगै १९४१.७४ विन्दुमा  पुगेको छ । आज नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स १.९० अङ्क घटेको छ भने, फ्लोट इन्डेक्स १.२१ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८७ अङ्क  ओरालो लागेको छ ।

आज नेप्से ओरालो लागे पनि कारोबार रकम भने उकालो लागेको छ । कारोबारमा आएका विभिन्न २७० स्टकको ४७ हजार ६७४ पटकको कारोबारमा २ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ बराबरको ७० लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज दुई स्टकको शेयर सकारात्मक सर्किटमा कारोबार भएको छ । आज युनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।  आज सबैभन्दा धेरै अङ्कले ओरालो लाग्नेमा हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ६.४० प्रतिशतले ओरालो लागको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको हो भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसमूहको परिसूचक बढेको हो ।  कारोबारमा आएका विकास बैंक, वित्त, होटेल तथा पर्यटन र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्