नया‍ँ संसद् भवन उद्घाटन समारोहमा के भने प्रधानमन्त्री मोदीले ?



काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ संसद् भवनको उद्घाटन गरेका छन् । तमिलनाडुका अध्यानम सन्तहरूले वैदिक मन्त्र र अनुष्ठानका साथ पूजा गरेका थिए। उद्घाटनका क्रममा  प्रधानमन्त्री मोदीले भारत बराष्ट्र नबनेसम्मको विकासको कुरा गरे । नयाँ संसद् भवनको सन्दर्भमा उनले यो नयाँ भवन आफ्ना स्वतन्त्रता सेनानीहरूको सपना साकार गर्ने माध्यम बन्ने बताए ।

आगामी २५ वर्षमा भारतलाई विकसित राष्ट्र बनाउने प्रधानमन्त्री मोदीको आशय थियो । भारत अझै पनि विकासोन्मुख देशहरूमा गनिन्छ । हाल विश्वमा ६६ विकसित देश छन्। भारतीय प्रधानमन्त्री मोदीले आगामी २५ वर्षमा भारतलाई विकासशील देशको सूचीबाट बाहिर ल्याउनु पर्ने बताएका छन् । उनले यो लक्ष्य ठुलो रहेको बताए । तर यो समय, सही समय हो। प्रधानमन्त्रीले भने कि यी २५ वर्षमा हामीले मिलेर भारतलाई विकसित राष्ट्र बनाउनुपर्छ ।

नयाँ संसद्को उद्घाटन सेङ्गोल स्थापनाको दिन नै भएको हो । सेंगोलको बारेमा बोल्दै  मोदीले भने कि यसलाई चोल वंशमा सत्ता हस्तान्तरणको प्रतीक मानिन्थ्यो। यो न्याय, कर्तव्य, सेवा र राष्ट्रिय मार्गको प्रतीक हो। मोदीले आफ्नो ९ वर्षको कार्यकालको योजनाको बारेमा पनि बताए । उनले आजको दिन अर्थात् मे २८, २०२३ ऐतिहासिक मिति भएको बताए । आज शुभ दिन हो। बिहानै संसद् भवन परिसरमा सबै सम्प्रदायको प्रार्थना सभा भएको प्रधानमन्त्रीले बताए । यो सुनौलो क्षण थियो। म बधाई दिन्छु। प्रधानमन्त्रीले नयाँ संसद् भवन भवन मात्र नभएर १४० करोड भारतीयको आकाङ्क्षाको प्रतिबिम्ब भएको बताए ।

प्रतिक्रिया दिनुहोस्