कोशी प्रदेशका सांसदहरुलाई सुरक्षा चुनौति: भन्छन्, “भइपरी आएको समस्याको जिम्मा कसले लिन्छ ?”



काठमाडौँ। कोशी प्रदेशको नामकरणको विषयमा भएको विवादलाई लिएर प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले आफू सरकार र आन्दोलनकारी दुवैको निशानामा रहेको भन्दै असुरक्षा चुनौती भएको बताएकी छन् ।

आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षको निशानामा परेको बताएकी हुन् । आइतबार पहिचान पक्षधर आन्दोलनकारीले स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए ।

प्रहरीले आन्दोलनकारीलाई प्रहार गरेको अश्रुग्याँसका कारण स्वास्थ्य मन्त्रालयमा समेत बस्न नमिल्ने भएको उनले बताइन् । उनले भनिनन्, ‘सरकारले गोली ठोक्ने मलाई, आन्दोलनरत पक्षले पनि ढुंगामुढा गर्ने मलाई, भोलि भइपरी आउने समस्याको जिम्मेवारी कसले लिने, मलाई जवाफ चाहिन्छ ।’

प्रहरीले स्वास्थ्य मन्त्रालय र आपूर्ति केन्द्रमा प्रहार गरेको अश्रुग्याँसले असर गरेको बताउँदै उनले सुरक्षाको माग गरेकी हुन् । प्रदेश सरकारले आन्दोलनरत पक्षसँग वार्ता किन नगरेको भन्दै मन्त्री लिम्बुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रश्न गरिन् । मन्त्री लिम्बु जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।

पहिले प्रदेशको १ को रहेको प्रदेशेको नाम कोशी प्रदेश राखिदिएपछि केही जातीय पक्षधरहरूले असहमती जनाउँदै आन्दोलन गरेका थिए । विभिन्न चरणमा गरी भएको आन्दोलन परी एक जनाको मृत्यु समेत भएको थियो । कोशी प्रदेशको नामाकंन गर्दा माओवादी केन्द ,नेपाली काँग्रेस र एमाले सबैले सहमति जनाएका थिए । तर पछि माओवादी केन्द्रको नै बोली फेरिएपछि कोशी प्रदेश झन् विवादमा आएको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्