पहिलो टी-२० मा नेपाल ५ विकेटले पराजित



काठमाडौँ । टी-२० महिला क्रिकेटमा नेपाले पहिलो खेलमा हार व्यहोरेको छ । नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको हे ।

मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्री सीता राना मगरले समान २/२ विकेट लिइन् ।

पहिले ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनाउन सकेको थियो । नेपालका लागि सम्झना खड्काले १३ र ज्योती पाण्डेले ११ रन बनाइन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा मलेसियाकी निक नुर अटिइलाले ३ र महिराहले २ विकेट लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्