राष्ट्रिय स्वतन्त्र पार्टीबाट ढाका कुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारले  लिइन् शपथ



काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग पैसा मागेको अडियो बाहिरीए पछि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपाती सांसद ढाका कुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकार नियुक्ति गर्ने सङ्घीय संसद्लाई सिफारिस गरेको थियो ।

रास्वपाको सिफारिस अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणाली बमोजिम नव निर्वाचित सांसद विन्दबासिनी कंसाकारले शपथ लिएकी छिन् ।सोमबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले कंशाकारलाई शपथ खुवाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्