कृषी ऊर्जा, पर्यटनको विकास लगानी प्रवर्द्धन र गुणस्तरीय विकास सरकारको प्राथमिकतामा 



काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक २०८०/८१ को बजेट प्रस्तुत गर्दै  बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहने बताएका छन् ।

उनले सरकारले अहिले अपेक्षा गरे अनुसारको राजस्व सङ्कलन नभएको सरकारका समु देशको अर्थतन्त्र सुधार गर्ने चुनौती रहेको बताएका छन् । उनले सङ्घीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्दै आगामी वर्षको फराकिलो आर्थिक वृद्धिसहित सबल अर्थतन्त्र विकास गर्न आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट केन्द्रित रहने जनाए ।

उनले उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने दिशामा बजेट उन्मुख रहने बताए । उनले सरकार अहिलेका अर्थतन्त्रलाई लयामा फर्काउन दृढ रहेको बताएका छन् । उनले विगतका कोरोना महामारी तथा युक्रेन युद्धका कारण नेपालको अर्थतन्त्रमा पनि प्रभाव रहेको बताउँदै बिस्तारै नेपालको  अर्थतन्त्रमा पनि सुधारका सङ्केत आउने बताएका छन् । उनले नेपालमा धनी र गरिब बिचको खाल्डोलाई पुर्ने गरी ल्याइएको बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा निम्न कुराहरूलाई प्राथमिकतामा राखेको छ

कृषी ऊर्जा र पर्यटनको विकास, लगानी प्रवर्द्धन औघौगाीक विकास र सन्तुलन  गुणस्तरीय भौतीक विकास हरित अर्थतन्त्रको प्रवर्द्धन, समावेशी आर्थीक निजि क्षेत्रको मनोबल उच्च पार्ने, रोजगारी सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने । वातावरण संरक्षण, मानव संसाधनको विकास आदी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्