सरकारले आगामी आर्थिक वर्षमा नयाँ दरबन्दी सिर्जना नगर्ने 



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा सबै सरकारी सेवा नियामक निकाय र सार्वजनिक संस्थामा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ ।आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारका नियमित संरचनाबाट सम्पादन हुने कामको लागि, परामर्श लिन, स्वीकृत दरबन्दी भन्दा धेरै सेवा करारको सिर्जना नगर्ने बताएका छन् ।

सरकारी निकायमा पुराना र प्रयोग विहीन सवारी तथा सामान ६ महिना भित्र लिलाम गर्ने महतले बताएका छन् । समयमै सरकारी सवारी साधन लिलाम नहुँदा सिंहदरबारसहित अन्य सरकारी कार्यालयमा थोत्रा सवारी साधनको थुप्रो लाग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्