रासायनिक मलमा दोब्बर बजेट, ३० अर्ब रुपैयाँकाे रासायनिक मल खरिद गरिने



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा रासायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ का लागि १२ अर्ब बजेट विनियोजन भएको थियो भने आव ०७७/७८ मा ११ अर्ब रुपैयाँ रासायनिक मल खरिद लागि बजेट छुटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्