घट्यो भौतिक पूर्वाधार मन्त्रालयको बजेट, १ खर्ब ३१ अर्ब ३९ करोड विनियोजन



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट करिब ३६ अर्बले घटाएको छ ।

चालु आर्थिक वर्षमा मन्त्रालयले चालु आर्थिक वर्षमा १ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट पाएको थियो । यो कुल बजेटको १०.१५ प्रतिशत थियो ।

सरकारले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ३१ अर्ब ३९ करोड मात्रै बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री डा।प्रकाशशरण महतले बजेटमा विभिन्न सडकमार्गहरुको निर्माण सुरु गर्ने, विस्तार गर्ने र नियमित कार्य जारी राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्