महोत्तरीमा दिनदहाडै एनएमबि बैङ्क यसरी लुटियो (भिडियोसहित)



काठमाडौँ । महोत्तरीमा एनएमबि बैङ्कमा दिनदहाडै लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैङ्कको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको हो ।

हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी जानकारी दिए । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्