सन्दीपलाई अभ्यास खेलका लागि दक्षिण अफ्रिका नपठाइने



काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेल खेल्न नपाउने भएका छन् । उनको लिगल टिमले उक्त अभ्यास खेलमा सहभागी नगराउने निर्णय गरेको हाे ।

सन्दीपको मुद्दा सुनुवाइमा ढिलाइ भएका कारण उनी नजाने निर्णय भएको सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।

घिमिरेले भने, ‘मुद्दाको टुङ्गो नलगाई उनी नजाने हाम्रो लिगल टिमको निर्णय भयो । जिम्बावे भ्रमणबारे अझै केही निर्णय भइसकेको छैन ।

मङ्गलवारका लागि पेशी तोकिए पनि न्यायाधीशले अन्तरिम क्षतिपूर्तिको निवेदन परेकाले त्यसको निर्णय भएपछि मात्र फैसला सुनुवाइ हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्