कोशीको आम हड्ताल फिर्ता



काठमाडौँ । कोशी प्रदेश नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई छाड्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय, मोरङमा दिउँसो भएको वार्तामा आगजनी र तोडफोड र बन्दको कार्यक्रम नगर्ने सहमति भएको हो । सहमती भएसँगै उनीहरुलाई रिहा गरीने भएको छ ।

नामकरणपछि जारी पहिचान पक्षधरको आन्दोलनको विषयलाई लिएर मोरङका सुरक्षा निकाय प्रमुखहरू, आन्दोलनरत पक्षका प्रतिनिधिलगायतको उपस्थितिमा सहमति गरिएको मोरङका सीडिओ वीरेन्द्रकुमार यादवले जानकारी गराएका छन् ।

पक्राउ परेका २६ जनालाई विनाशर्त रिहाइको माग गर्दै पहिचानवादीले आम हड्तालका कार्यक्रम सार्वजनिक गरेका थिए । प्रशासन र आन्दोलनकारीबीचमा भएको सहमतिमा पुनः नामकरण संयुक्त संयुक्त समितिलगायतका असहमत पक्षबाट विरोधका कार्यहरू भइरहेकोमा अब उप्रान्त कुनै पनि किसिमको आगजनी, तोडफोड, आवागमन अवरुद्ध, कार्यालय सञ्चालन अवरुद्ध लगायतका शान्ति सुव्यवस्थामा असर र्पुयाउने कार्य नगर्ने सहमती भएको छ । प्रकाउ परेकाहरुलाई आजै छाड्ने प्रशासनले तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्