डडेल्धुराका कुन स्थानीय तहले कति बजेट पाए ?



डम्मर धामी, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सङ्घीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तरगत सङ्घीय सरकारले ६ वटा महानगरपालिकासहित ११ वटा उप–महानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७५३ वटै स्थानीय तहलाई राजस्व बाँडफाँड तथा अनुदान बापत उक्त रकम उपलब्ध गराएको हो ।

आगामी आर्थिक वर्षका लागि सरकारले डडेल्धुरा जिल्लाको सबै भन्दा धेरै बजेट परशुराम नगरपालिकाका लागि विनियोजन गरेको छ ।

परशुराम नगरपालिकाका लागि ४६ करोड ७४ लाख बराबरको बजेट विनियोजन गरेको छ । अमरगढी नगरपालिकाको लागि ३४ करोड ६७ लाख, अजैमेरू गाउँपालिका लागि ३२ करोड ५३ लाख, अलिताल गाउँपालिका लागि २९ करोड ५७ लाख, नवदुर्गा गाउँपालिका लागि २८ करोड ८२ लाख, गन्यापधुरा गाउँपालिका लागि २५ करोड ९१ लाख र भागेश्वर गाउँपालिका लागि २९ करोड १९ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्