
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ ।
उनको मङ्गलवार काठमाडौँको गौशालास्थित निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पाण्डेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखिनेछ । २००८ सालमा जन्मिएकी पाण्डे तीन पटकसम्म नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेकी थिएन् । वि.सं. २०४८, २०५१/ २०७४ मा प्रतिनिधि सभा सदस्य थिइन् भने वि.सं. २०६४ मा संविधान सभा सदस्य भएकी थिइन् ।
पाण्डेप्रति सम्मान प्रकट गर्दै नेपाली काँग्रेसले जेठ १६, १७ र १८ तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने भएको छ । पाण्डेको निधनप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।