
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसद विकास कोषमा बजेट छुट्याउने आफ्नो चाहना नभएको बताएको बताएका छन् । सरकारले सांसद विकास कोषका लागि बजेट छुट्यापछि सरकारको आलोचना भइरहेका वेला यस्तो बताएका हुन् ।
मङ्गलवार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डले उक्त कार्यक्रम बजेटमा समावेश गर्नुपर्ने बाध्यता परेको जवाफ दिएका हुन् ।
बैठकमा माओवादी सांसदहरुले बजेट सकारात्मक भए पनि सांसदले छनोट गरेको योजनामा खर्च गर्ने गरी ५ करोड विनियोजन गर्नुले नकारात्मक सन्देश गएको भन्दै प्रधानमन्त्रीलाई गुनासो सुनाएका थिए ।
सरकारले आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा।प्रकाशशरण आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका हुन् । यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।