भारत भ्रमणमा राष्ट्र हितको मुद्दामा छलफल गरिनुपर्छ: पृथ्वी सुब्बा गुरुङ



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा  राष्ट्र हितका मुद्दामा प्रमुख विषय बनाइनु पर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवन शाखाले  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालका मिचिएका भूमि फिर्ता गर्ने र नेपालको हित हुने विषयमा छलफल  गर्न आवश्यक रहेको बताएका छन् । उनले भने, “विद्युत् बिक्रीको विषयमा छलफल भनिएको छ, भ्रमणका क्रममा राष्ट्र हितका विषयमा छलफल हुनुपर्छ ।”

उनले पछिल्लो परिवर्तनमाथि खतरा हुने गरी राजतन्त्रका अवशेष सल्वलाउन थालेको बताउँदै भने,”अहिलेको परिवर्तनविरुद्ध पुरातनवादी शक्ति सल्बलाउन थालेका छन् । उनीहरूको जयजयकार हुन लागेको छ । यो देशका लागि खतरा हो ।”

 उनले कार्यक्रममा सरकारले ल्याएको बजेट माथि पनि टिप्पणी गरेका छन् । उनले सरकारले ल्याएको बजेट  आफ्नो प्रक्रिया पुरा गर्ने काम मात्रै भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्