‍कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । जसपाले कोशी प्रदेश सरकारमा रहेकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी गराएका छन् । जसपाले प्रदेशको नामाकरण विवाद मिलाउन नसकेको र प्रदेश सरकारले निकास दिन नसकेको भन्दै सरकाबाट बाहिरिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्