सेयर बजारमा थामिएन गिरावट 



काठमाडौँ । कारोबारको अघिल्लो दिन भारी अङ्कले ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज बुधवार पनि भारी अङ्कले ओरालो लागेको छ ।

आज नेप्से ३८‍‍.८३ अङ्कले ओरालो लागेको छ । आज नेप्से ओरालो लागेसँगै  १८४९.७९ विन्दुमा पुगेको छ । आज बजारसँगै अन्य सूचकहरू पनि  ओरालो लागेका छन् । आज सेन्सेटिभ इन्डेक्स ७.२८,फ्लोट इन्डेक्स २.५९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२० अङ्कले ओराला लागेको छ ।

आज कारोबारमा आएका विभिन्न २६२ स्टकको ३६ हजार ८९३ पटकको कारोबारमा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ बराबरको ८७ लाख ३६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 आज आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज माई खोला हाइड्रोपावरको सेयर मूल्य ६.४३ प्रतिशत उकालो लागेको छ ।

आज युनिलिभर नेपालको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, एसियन हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशत ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैङ्कको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको यस दिन ३४ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्को यस दिन साढे ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। बुधवार पनि १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैङ्क, वित्त, जलविद्युत, लगानी, जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्