सुनैसुनले ढाकेको भाइरल फोटो बनाउनेलाई ओलीको जवाफ -‘म बोक्न सक्दिनँ’



काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो गरेका छन् । बुधवार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शिक्षित मानिसहरू नै छाडा र विकृति भित्र्याउन लागिपरेको बताए ।

ओलीले भने , ‘हाम्रो देश विचित्रको स्थितिमा पुगेको छ । दुनियाँमा छाडापन हेर्नपर्छ भने यहीँ देशमा देखिन्छ । नेपालमा जति छाडा र विकृति अहिले दुनियाँका कुनै देशमा छैन कि जस्तो लाग्छ । युट्युब खोलेर हेरिसक्नु छैन । खोल्यो भने कुनामा गएर हेर्नुपर्ने हुन्छ ।’

उनले सभ्यताको सुरुवात भएको नेपाल धर्तीमा विकृति थुपारेर नेपालको संस्कृतिमाथि नै प्रहार भएको बताए ।  ओलीले भने, ‘केपी ओलीको फोटोमा हातभरि सुनैसुनका बोकी नसक्नु । त्यति सुन म बोक्न पनि सक्दिनँ होला । मैले जिन्दगीमा आमाले सानैमा दिएको औँठी चार दिनजति लगाएँ । पछि त्यसबाहेक एउटा साथीले दिएको एक दिन जति लगाएँ । यति साहे झुट, यत्रो मेहनत गरेर कस्तो घटिया नियत होला ? ‘

प्रतिक्रिया दिनुहोस्