राष्ट्रपति पौडेलले गरे पाँच देशका लागि गैरआवासीय राजदूतहरूको नियुक्त



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । बुधवार राष्ट्रपति पौडेलले फिजी,अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

पौडेलले अस्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलजराज काफ्लेलाई अर्जेन्टिनाको गैरअवासीय र रुसका मिलनराज तुलाधर बेलारुसको गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

त्यस्तै राष्ट्रपति पौडेलले डेनमार्कका डा।रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्