
काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशकमा डा. श्रीप्रसाद अधिकारी नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णयबाट डा.श्रीप्रसाद अधिकारीलाई परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन् । यसअघि पवनजंग रायमाझी अस्पतालका निर्देशक रहेको थिए ।