प्रधानमन्त्री दाहाल,डोभाल र क्वात्राबिच भेटघाट



काठमाडौँ । चार दिने भारत भ्रमणका लागि बुधवार दिउँसो भारत पूगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधवार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटघाट गरेका छन् ।

आज नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले डोभाल र क्वात्रासँग आफू बसिरहेको होटेलमा भेटवार्ता गरेका हुन् । आजको भेटमा दुई देशको सम्बन्ध लगायत विविध विषयमा छलफल  गरेका हुन् ।  प्रधानमन्त्री दाहाल सरदर पटेल मार्गस्थित मौर्य होटेलमा बसिरहेका छन् । प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम भने भोलिदेखि मात्र सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्