दैनिक उपभोग्य बस्तुमा पनि अन्तःशुल्क कर 



काठमाडौँ । सरकारले अगामी आर्थिक बजेटमार्फत दैनिक उपभोग्य बस्तुहरूमा पनि अन्तःशुल्क कर (भ्याट) लगाएको छ । सरकारले दैनिक उपभोग्य बस्तुमा भ्याट कर लगाएसँगै उपभोक्ता भने मारमा पर्ने भएका छन् ।  सरकारले बजेटसँगै सार्वजनिक भएको आर्थिक विधेयक–२०८० मार्फत आधारभूत आवश्यकता र दैनिक उपभोग्य वस्तुहरूमा समेत मूल्य अभिवृद्धि अन्त शुल्क कर लगाएको हो ।

सरकारले लगाएको भ्याट केही फलफूल मट्टितेल र तरकारीका लाग्ने भएको हो । सरकारले स्याउ, एभोकाडो, किबी, ऐंसेलु, श्रीफल, चेरी, स्ट्रबेरी, ब्ल्याकबेरी र हलुवाबेद लगायतका फलफूलमा कर लगाएको हो । तरकारीमा आलु र प्याजमा कर लगाएको हो । फ्रोजन गरिएका आलु, कोसे तरकारी, केराऊ, बोडी, सिमी, पालुङ्गो, गुलियो वा स्वादिलो मकैसमेतमा भ्याट लाग्ने व्यवस्था सरकारले आगामी वर्षको बजेट मार्फत गरेको हो । सरकारले यता, कफी र किसमिसमा समेत  भ्याट लगाएको हो ।

फ्रोजन मासु तथा माछामा पनि करको दायरामा ल्याउने सरकारको तयारी गरेको छ । सरकारले ऊन, धागोलगायत बस्तुलाई पनि करको दायरामा ल्याउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षे २०८०/८१ बजेट भाषणमा विभिन्न १ सय ६७ वस्तुहरूलाई अन्त शुल्क करको दायरामा ल्याइने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्