उपसचिवको हाजिर कपी लुकाइयो



काठमाडौँ: सरुवा भएर नगरपालिकामा खटाए पनि जान नमान्ने उपसचिवलाई हाजिर गर्नबाट रोक्ने क्रममा दुई पक्षबीच कपी खोसाखोस भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।

 

आइतबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा हस्ताक्षर गर्न गएका उपसचिवको हाजिर कपी केन्द्रका कर्मचारीले लुकाएका थिए । हाजिर कपी नभेटेर हल्लीखल्ली भएपछि प्रशासन शाखाका कर्मचारीले लुकाएको जानकारी उपसचिवहरुले पाएका थिए ।

 

लगत्तै उनीहरु केन्द्रका महानिर्देशक बाबुराम पौडेललाई भेट्न गएका थिए । भेटमा पौडेलले उपसचिवहरुलाई जुन नगरपालिकामा खटाएको छ, त्यही जान अनुरोध गर्दै सम्झाउने प्रयास गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्