मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित



काठमाडौं । महिला टी-२० आई खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। बिहीबार भएको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई २७ रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११० रन जोडेको थियो।

१११ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्रै जोड्न सक्यो। मलेसयाका लागि महिरा इस्माइलले नटआउट ४४ रन जोडिन्। नेपालका कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १-१ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सबैभन्दा बढी २७ रन जोडिन्। ज्योति पाण्डेले २३, सीता रानामगरले २१ र इन्दु बर्माले २० रन बनाइन्। मलेसियाकी निक नुरले २ विकेट लिइन्। पहिलो खेलमा मलेसियासँग पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो।

बिहीबारको खेलमा जित निकालेसँगै नेपालले ५ खेलको सिरिजमा २-१ को अग्रता लिएको छ। सिरिजको चौथो खेल शनिबार तथा अन्तिम खेलमा आइतबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्