सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ। सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको हो। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको छ।

गत बुधबार तोलामा १ हजार ५०० रुपैयाँले बढेपछि छापावाल सुन प्रतितोला १ लाख १२ हजार पुगेको थियो। त्यसपछि बिहीबार पनि ५०० रुपैयाँले बढेको छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४३५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्