१९ वर्षीया युवतीलाई भूतले बनायो गर्भवती !



काठमाडौँ । विवाह पछि आमा बन्ने सपना लगभग हरेक महिलाको हुन्छ। यो एक अनुभूति हो जुन सबैले वर्णन गर्न सक्दैन। जसलाई आमा बन्ने खुसी मिलेको छ उसले मात्र यसको अनुभव वर्णन गर्न सक्छ।  आजभोलि आइभिएफको सहायताले पनि महिलाहरू गर्भवती बन्न थालेका छन् तर यसका लागि पनि पुरुषको वीर्य चाहिन्छ तर गर्भावस्थासँग जोडिएको यस्तो विषय आजभोलि निकै चर्चामा छ जसमा सजिलै लगाइने अनुमान फेल खान्छ ।

वास्तवमा एउटी युवतीले आफूले भूतसँग शारीरिक सम्बन्ध बनाएको र भूतले पनि गर्भवती बनाएको दाबी गरेकी छिन् ।  जसको अर्थ उनी भूतको बच्चाकी आमा बन्न लागेकी छिन् । घटना कोलम्बियाको हो । अडिटी सेन्ट्रल नामक वेबसाइटको रिपोर्टका अनुसार युवतीको उमेर १९ वर्ष मात्रै छ र उनको विवाह पनि भएको छैन । स्थानीय टिभी च्यानलसँग कुरा गर्दै युवतीले आफूले कुनै पुरुषसँग शारीरिक सम्बन्ध नराखेको तर पनि आफू गर्भवती भएको बताएकी छन् । उनी भन्छिन् कि उनको गर्भावस्थाको कारण भूत हो, जो एक दिन उनको कोठामा आएको थियो।

महिलाले केही समयदेखि आफ्नो कोठामा कुनै अलौकिक शक्तिको उपस्थिति महसुस गरिरहेको दाबी गरेकी छन् । यति मात्र होइन, उनलाई नराम्रो सपना देख्न थाल्यो र त्यसपछि अचानक उनको महिनावारी बन्द भयो । त्यसपछि आमालाई लिएर डाक्टरकहाँ गएपछि अनुसन्धानमा युवती गर्भवती भएको पाइएको थियो । यो सुनेर पत्यार लागेन, किनकि उनको कुनै केटासँग सम्बन्ध थिएन, तैपनि उनी कसरी गर्भवती भइन् । उनको भनाइलाई कतिपयले झुटो भनेका छन् भने कतिपयले उनको भनाइलाई पनि विश्वास गरेका छन् । यस्ता घटना यसअघि पनि सार्वजनिक भइसकेको अवस्थामा बालिकाको दाबीलाई नजरअन्दाज गर्न नसकिने  ठान्नेहरू पनि धेरै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्