कैलालीमा अवैध काठ बरामद 



डम्मर धामी,काठमाडौँ । कैलालीमा अवैध काठ बरामद गरिएको छ । प्रहरीले अवैध सालको काठ बरामद गरेको हो । कैलारी गाउँपालिका–९ गदरियाका ४२ वर्षीय मदनसिंह रानाले राखेको २३ दशमलव ७४ थान गोली काठ प्रहरी बरामद गरेको हो ।

प्रहरी टोलीले अवस्था  १२ फिटको गोलिया १ स्टेसन, ७ फिटको गोलिया २ स्टेसन, ५ फिटको गोलिया १ स्टेसन, गरी जम्मा २३ दशमलव ७४ कफ्ट बरामद गरेको हो ।  प्रहरीले उक्त सालको काठ हिजो शुक्रबार बरामद गरेको हो । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीको टोलीले काठ बरामद गरी आवश्यक कारबाहीका लागि उपडिभिजन वन कार्यालय फूलवारिलाई जिम्मा दिएको छ ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा सालको काठ अवैध रूपमा ओसार प्रसार हुँदै आएको छ । विशेष गरी चुरे सँग जोडिएका क्षेत्रमा सालको काठ अवैध रूपमा ओसार प्रसार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्