पार्टीलाई बलियो बनाउन कसैलाई गाली नगरौँ, यो सभापति नै मेरो अन्तिम हो : सभापति देउवा 



काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन कसैलाई गाली गरेर मात्रै नहुने बताएका छन् । सभापति देउवाले पार्टी भित्रबाट पछिल्लो समय आफुसविरुद्ध विभिन्न प्रश्नहरू गरिएकोमा यस्तो जवाफ दिएका हुन् । शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले कुनै एकले बनाउन पार्टी नसक्ने बताए ।

देउवाले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै देउवाले अब युवा पुस्तकालाई पालो दिइने बताएका छन् ।   पार्टीको विकासका लागि आफूले कसैलाई नरोकेको बताउँदै उनले भने, ‘नेपाली काँग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ । सत्य कुरा हो । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठुलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनु छु । अझ यसलाई बलियो बनाउनु छ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठुलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ । लडाई गर्ने हो रु अप्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठुलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’

सोही कार्यक्रममा अर्का नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताए ।  उनले भने, ‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ । विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो । अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरू पार्टीको चुनौती सामना गर्नु पर्नेछैन । बाँकी समय केन्द्रीय कार्यसमिति, पार्टी सभापतिज्यूले सम्पन्न गर्नुपर्ने, पदाधिकारीले गर्नुपर्ने सबै काम गरेर बाँकी समयलाई नेपाली काँग्रेस आउने दिनको चुनौती सशक्त रूपमा निभाउँछ भन्नेमा हामी लाग्नुपर्छ । पार्टी लामो इतिहास भएको पार्टी हो । काँग्रेस पार्टीको जस्तो विचारधारा अरू कुन पार्टीको छ र रु तर चल्दा तलमाथि भइरहन्छ । हामीले अब धेरै ढिला गर्नु हुँदैन, समय रहँदै एक्ट गरौँ, सबैले गर्ने काम आफूले गरौँ ।’

प्रतिक्रिया दिनुहोस्