बलिउड अभिनेत्री भाग्यश्री काठमाडौँमा



काठमाडौँ । बलिउड अभिनेत्री भाग्यश्री नेपाल आएकी छन् । उनी आइतबार आयोजना हुने एक कार्यक्रममा सहभागी हुन शनिबार मध्यान्ह काठमाडौँ आइपूगेकी हुन् ।

सो कार्यक्रममा सहभागी हुन रञ्जित, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी लगायतका शेलिबे्रटी  नेपाल आएका छन् । आइतबार काठमाडौँमा भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’आयोजना हुँदैछ । पाँचौ संस्करण भारतमा सम्पन्न भएको यो अवार्डको नयाँ संस्करण अर्थात छैटौँ संस्करण काठमाडौँमा आयोजना हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्