प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ११ जना प्रहरी नियन्त्रणमा



काठमाडौँ । काठमाडौँको सिनामंगलबाट प्रहरीले ११ जनालाई प्रहरीले नियन्त्रण्मा लिएको छ । शनिबार साँझ चार दिने भारत भ्रमण सकेर काठमाडौं फर्किँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्नेहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालका अनुसार अहिले ११ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूले प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेका थिए। प्रधानमन्त्री प्रचण्ड आज साँझ नेपाल आइपुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस्