सीमा विवादका विषयमा गम्भीर भएर  कुरा राखेर आएको छु : प्रधानमन्त्री प्रचण्ड 



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  चार दिने भारत भ्रमणकाे क्रममा आफूले भारतसँगै सीमा विवादका विषयमा कुरा उठाएको बताएका छन् । चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका प्रचण्डले आयोजित पत्रकार सम्मेले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सीमा समस्यालाई स्थापित कूटनीतिक संयन्त्रबाट समाधान गर्न आफुले भारतीय प्रधानमन्त्रीलाई गम्भीर रूपले ध्यानाकर्षण गराएको बताएका छन् ।

प्रधानमन्त्री  मोदीले पनि पनि संयुक्त पत्रकार सम्मेलनमा नेपालसँग भएका सबै सीमा विवादका विषयको समाधान गरिने बताएका थिए  । भारतका तर्फबाट समाधानका बाटा खोजेर समाधान गर्ने भारतको पनि प्रस्ताव रहेको प्रचण्डले बताएका छन् ।

शनिबार साँझ सवा ६ बजे उनीसहितको टोली चढेको नेपाल एयरलाइन्सको जहाज  काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

जेठ १७ गते भारत गएका प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी म‍ुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए। उनले १८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। त्यस क्रममा भारत र नेपालबीच विभिन्न सम्झौतासमेत भएका छन्।

प्रतिक्रिया दिनुहोस्