खाणको पक्षमा दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्व अध्यक्षले बहस गर्ने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरू इच्छुक देखिएका छन्। काठमाडौं जिल्ला अदालतमा आजदेखि सुरु हुने थुनछेक बहसमा खाणको पक्षमा बहस गर्नु दुई पूर्व महान्यायाधिवक्ता र तीन नेपाल बार एशोसियनका अध्यक्षलगायत बहस गर्ने भएका हुन।

जसअनुसार पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव तथा बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्षद्धय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायतका वरिष्ठ अधिवक्ताले बहस गर्नका लागि नाम टिपाएका छन्। खाणको पक्षमा बहस गर्न चाहने धेरै रहेकाले काँटछाँट गरेर सूची तय गरिने पूर्व महान्यायाधिवक्ता खातीले बताए।

उता, सरकारका पक्षबाट भने सरकारी वकिल कार्यालयका अधिवक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन्। भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्ध दायर मुद्दामा आजदेखि थुनछेक बहस शुरूहुँदै छ।

जिल्ला अदालत काठमाडौँमा प्रतिवादीविरुद्धको थुनछेक बहस आजदेखि शुरू हुन लागेको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेले पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न गरेपछि आजदेखि थुनछेक बहस शरू हुन लागेको हो । थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने वा नपठाउने भन्ने बारेमा अदालतको आदेश आउनेछ।

प्रतिक्रिया दिनुहोस्