
काठमाडौं । स्विडेन ‘यौन’लाई आधाकारिक रूपमा खेलअन्तर्गत राख्ने पहिलो देश बनेको छ। स्विडेनको ‘द स्विडेन यौन फेडेरेसन’ले आउँदो बिहीबार (८ जुन) देखि पहिलो युरोपियन यौन प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ। गोथेनबर्गमा हुने उक्त प्रतियोगिता ६ हप्तासम्म चल्नेछ।
प्रतियोगितामा सहभागी हुनेले करिब ६ घण्टासम्म प्रतिस्पर्धा गर्ने बताइएको छ। खेलको अवधिअनुसार ४५ देखि १ घण्टासम्मको यौन क्रियाकलापमा प्रतियोगी सहभागी हुनसक्नेछन्। सहभागी प्रतियोगीका लागि १६ वटा अनुशासनका नियम बनाइएको छ। प्रत्येक दिन प्रतियोगीहरूका लागि ६ घण्टासम्मका सत्र हुनेछन्।
सहभागीहरूले दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म यौन क्रियाकलापमा भाग लिनेछन् जुन खेलको अवधिमा निर्भर हुनेछ। प्रतियोगितामा प्रलोभन, शरीरको मसाज, कामुक अंगको प्रदर्शन, ओरल सेक्स, पोजिसनलगायतका प्रदर्शन हुने बताइएको छ। जोडीबीचको केमेस्ट्री, सेक्सबारेको ज्ञान, सहनशीलताको स्तर आदिलाई ध्यानमा राखेर विजेताको अन्तिम निर्णय गरिने बताइएको छ।