सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी



काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी थालेको छ ।

बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौँले  असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउने तयारी थालेको हो ।

जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा छ । लामिछानेको मुद्दाको पेसी परेको भन्दै क्यानले उनलाई टोलीसँगै पठाएको थिएन ।

तर अहिले पेसी सरेपछि उनलाई जतिसक्दो छिटो दक्षिण अफ्रिका पठाउन लागिपरेको क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले बताएका छन् । अन्तर्राष्ट्रिय स्तरमा परिचित नेपाली लेगस्पिनर सन्दीप लामिछाने टीममा नहुँदा नेपाली टिमलाई निकै गाह्रो हुने ठानिएको थियो । तर, लामिछाने अफ्रिका जाने भएपछि नेपाली टिमलाई र दर्शकहरूलाई पनि ऊर्जा थपिने छ ।

प्रतिक्रिया दिनुहोस्