भारतले अनुदानमा दिने राँगाबाट कम्तीमा १ लाख ५ हजार लाख डोज वीर्य उत्पादन गरिने



काठमाडौँ । भारतले नेपाललाई दिन लागेको राँगोबाट एक लाख भैँसीमा नस्ल सुधार हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच भएको समझदारीमध्ये भारतले नेपाललाई १५ वटा राँगो दिने विषय सामाजिक सञ्जालमा ट्रोल बनेपछि मन्त्रालयले भने यस्तो बताएको हो ।

मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै नेपालको आग्रहमा उन्नत जातको मुर्रा प्रजातिको राँगो नस्ल सुधारका लागि अनुदानमा भारतबाट पाइने निश्चित भएको बताएको हो ।

नेपालले यस अघि पटक–पटक औपचारिक र अनौपचारिक तवरबाट यस्तो राँगो माग गरेको मन्त्रालयले जनाएको छ । नेपालले ५ वर्ष अघिदेखि नै नेपालमा भएको नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको निर्णयअनुसार नेपाल सरकारबाट विभिन्न समयमा औपचारिक/अनौपचारिक तवरबाट भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल सरकारलाई उपलब्ध गराउन भएको मन्त्रालयले जनाएको छ । तीन वर्षअघि त लिखित रुपैयाँ राँगो माग गरिएको र १५ वटा उच्च नस्लका मुर्रा जातका पाडाहरू उपलब्ध गराउन भारतले प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ ।

अहिले आएर भारतले दिने भनेको राँगो नेपाल सरकारलाई वस्तुगत सहायता स्वरूप निःशुल्क निःशुल्क उपलब्ध मन्त्रालयले जनाएको छ । यसरी प्राप्त राँगाहरूलाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू (पोखरा, नेपालगञ्ज र लाहान) मा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यको लागि उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । यी राँगाहरूबाट ३ वर्ष पश्चात् वार्षिक कम्तीमा १ लाख ५ हजार लाख डोज वीर्य उत्पादन भई कम्तीमा १ लाख भैँसीमा कृत्रिम गर्भाधान गराइ नस्ल सुधार गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्