७१ देशमा वैदेशिक रोजगारी खुला हुँदै



काठमाडौँ । सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला लागि बाटाहरू खोल्ने प्रयास गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्यका अहिले सरकार रहेको छ ।

योजनाअनुसार नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ सहित कुल १७९ वटा देशमा नेपालीहरूले रोजगारीको लागि जान पाउने छन् ।  सरकारले सबै देशहरूसँग प्रयास गरे पनि सबै देशहरूबाट भने नेपाली कामदारहरूको लागि माग आउने भने निश्चित रहेको छैन  ।

सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले इराकको अवस्था विगतको जस्तो नभएको भन्दै नयाँ परिवेश मूल्याङ्कन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने तयारी भइरहेको जानकारी गराएको हो । मन्त्रालयका सचिव एकनारायण अर्यालले दौत्य सम्बन्ध कायम भएका संसारका सबै मुलुकका लागि श्रम स्वीकृति दिन काम कारबाही अघि बढेको बताए ।

सचिव अर्यालले भने, मन्टेनेग्रोबाट समेत नेपाली श्रमिकको माग भएको छ । किन बन्द गरिरहने हिजोको जस्तो अवस्था आज इराकमा छैन, इराकमा पुन निर्माणको कामहरू भइरहेका छन् र त्यहाँबाट श्रमिकको माग छ, आजको इराकको अवस्था मूल्याङ्कन गर्नुपर्‍यो ।’

जहाँ–जहाँ दौत्य सम्बन्ध कायम भएका छन्, ती सबै देश वैदेशिक रोजगारीका लागि खुला गरिने  अर्यालले बताए । नेपालले अहिलेसम्म १७९ देशसँग दौत्य सम्बन्ध कायम गरेको छ ।

वैदेशिक रोजगारीका लागि १११ देश खुला भएपनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा राखिएको छ । आन्तरिक गृहयुद्धमा फसेका यी देशहरूमा पनि अब नेपाली श्रमिक पठाउने गृहकार्यमा सरकार छ ।

सरकारी घोषणाअनुसार वैदेशिक रोजगारी खुला गरेमा यीसहित ७१ वटा मुलुक एकैपटक नेपालबाट वैदेशिक रोजगारीमा जान पाइन देशमा रूपमा सूचीकृत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्